Naya Media
सोमवार, साउन ४, २०८३
| | July 20, 2026
सोमवार, साउन ४, २०८३

विद्यालयको १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणमा

विद्यार्थीले खेल्ने मैदानसमेत कब्जा गरेर खेती

User Photo आइतवार, फाल्गुन ४, २०७६
काठमाण्डाै ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ ।

२०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्। नागरिक दैनिकमा समाचार छ ।

‘स्थानीय समुदायले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक–ऐलानी जग्गा २०६३ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए,’ प्रधानाध्यापक डिलबहादुर घर्तीले भने, ‘त्यसको एक वर्षपछि नै विद्यालयको जग्गामा अतिक्रमण सुरु भयो।’ अहिले विद्यालयको ६ कोठे भवनमात्रै बाँकी छ। विद्यार्थीले खेल्ने मैदानसमेत उनीहरूले कब्जा गरेर खेती गरेका छन्। २०४६ सालमा स्थापना भएको विद्यालय सुरुमा अहिलेको स्थानभन्दा तीन किलोमिटर माथि थियो।

विद्यार्थी चाप बढ्दै गएपछि अभिभावकले अहिलेको ठाउँमा सार्ने निर्णय गरे। आफूले भोगचलन गर्दै आएको सामुदायिक–ऐलानी जग्गा विद्यालयलाई हस्तान्तरण गरे। तत्कालीन जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिको आर्थिक सहयोगमा छ कोठे भवन बन्यो। सयभन्दा बढी विद्यार्थीका लागि प्रशस्त खेल्ने मैदान थियो। ‘अहिले त भवन मात्रै बाँकी रह्यो,’ प्रधानाध्यापक घर्तीले भने, ‘विद्यार्थी खेल्ने मैदान पनि खेतीपाती गरिरहेका छन्।’

विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या बढ्दै गएर भवन अभाव छ। नयाँ भवन बनाउने जग्गा छैन। समुदायले विद्यालयलाई दिएको जग्गामै अतिक्रमणकारीहरूले टहरा बनाएका छन्। विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दलबहादुर रानाले सुरुमा बाढीपीडितका नाममा विद्यालयको जग्गा अतिक्रमण भए पनि अहिले जग्गा दिनेहरू नै अतिक्रमणमा संलग्न रहेको बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.