काठमाण्डाै ।
निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेकाे हो ।
