Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

राजधानीका निजि स्कुलः सरकारको स्वीकृतिविना चर्काे शुल्क, मासिक ४९ हजार सम्म

स्वीकृतिविना नै भर्ना प्रक्रिया सुरू

User Photo सोमवार, चैत्र ३, २०७६
काठमाण्डाै ।

राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेको छ । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड, द चाँदबाग, जेम्स, लिटिल एन्जल्सलगायतले भर्ना प्रक्रिया सुरु गरेका हुन् ।

कतिपयले त भर्ना नै सम्पन्न गरिसकेका छन् । रातो बंगलाले फागुनमै प्रवेश परीक्षा लिइसकेको छ । उसले कक्षा १ का विद्यार्थीबाट मासिक ३३ हजार उठाउँछ ।

त्यस्तै, ललितपुरको प्रिमियर स्कुलमा विद्यार्थीको मासिक शुल्क ३९ हजारदेखि ४९ हजारसम्म छ, नयाँ भर्नाबापत एक लाख छुट्टै उठाउँछ । काठमाडौं वर्ल्ड स्कुलले मासिक ३८ हजार शुल्क तोकेको छ । रुपिज इन्टरनेसनलले मासिक ३४ हजारका दरले वर्षको सुरुमै चार लाख रुपैयाँ एकमुष्ट उठाउँछ । नयाँ पत्रिका दैनिकमा समाचार  छ ।

अनुगमन गर्ने निकायको कमजोरीको फाइदा उठाउँदै युलेन्स स्कुलले विभिन्न १७ शीर्षकमा अभिभावकबाट पैसा असुल्छ । मासिक ४० हजारबाहेक सो विद्यालयले उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत पैसा असुल्छ । पाठशालाले मासिक १८ हजार उठाउँछ । यो विद्यालयले नयाँ विद्यार्थी भर्नाबापत ६० हजार रुपैयाँ छुट्टै उठाउँछ ।

त्यस्तै, चाँदबाग, जेम्स र लिटिल एन्जल्सले मासिक १० देखि १२ हजार शुल्क उठाउँछन् । तर, यति महँगो शुल्क लिने विद्यालयले सरकारबाट स्वीकृत लिएका छैनन् । महँगा निजी विद्यालयले फारम वितरण गरी प्रवेश परीक्षाको तयारी सुरु गरिसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.