राजधानीका निजि स्कुलः सरकारको स्वीकृतिविना चर्काे शुल्क, मासिक ४९ हजार सम्म

स्वीकृतिविना नै भर्ना प्रक्रिया सुरू
सोमवार, चैत्र ३, २०७६, काठमाण्डाै । 

राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेको छ । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड, द चाँदबाग, जेम्स, लिटिल एन्जल्सलगायतले भर्ना प्रक्रिया सुरु गरेका हुन् ।

कतिपयले त भर्ना नै सम्पन्न गरिसकेका छन् । रातो बंगलाले फागुनमै प्रवेश परीक्षा लिइसकेको छ । उसले कक्षा १ का विद्यार्थीबाट मासिक ३३ हजार उठाउँछ ।

त्यस्तै, ललितपुरको प्रिमियर स्कुलमा विद्यार्थीको मासिक शुल्क ३९ हजारदेखि ४९ हजारसम्म छ, नयाँ भर्नाबापत एक लाख छुट्टै उठाउँछ । काठमाडौं वर्ल्ड स्कुलले मासिक ३८ हजार शुल्क तोकेको छ । रुपिज इन्टरनेसनलले मासिक ३४ हजारका दरले वर्षको सुरुमै चार लाख रुपैयाँ एकमुष्ट उठाउँछ । नयाँ पत्रिका दैनिकमा समाचार  छ ।

अनुगमन गर्ने निकायको कमजोरीको फाइदा उठाउँदै युलेन्स स्कुलले विभिन्न १७ शीर्षकमा अभिभावकबाट पैसा असुल्छ । मासिक ४० हजारबाहेक सो विद्यालयले उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत पैसा असुल्छ । पाठशालाले मासिक १८ हजार उठाउँछ । यो विद्यालयले नयाँ विद्यार्थी भर्नाबापत ६० हजार रुपैयाँ छुट्टै उठाउँछ ।

त्यस्तै, चाँदबाग, जेम्स र लिटिल एन्जल्सले मासिक १० देखि १२ हजार शुल्क उठाउँछन् । तर, यति महँगो शुल्क लिने विद्यालयले सरकारबाट स्वीकृत लिएका छैनन् । महँगा निजी विद्यालयले फारम वितरण गरी प्रवेश परीक्षाको तयारी सुरु गरिसकेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै