Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कैलालीको लम्कीबाट प्रहरीद्वारा ८ जुवाडे पक्राउ

User Photo शनिबार, साउन ३१, २०७७
काठमाण्डाै ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नं.–१ बसपार्कस्थित एक होटलबाट प्रहरीले गए राति ८ जना जुवाडेलाई रकमसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी प्रतीक बिष्टका अनुसार बसपार्कस्थित दिपाली होटल एण्ड लजमा जुवा खेलिरहेका अवस्थामा लम्कीचुहा नगरपालिका वडा नंं.–१ का २० वर्षीय पवन थापा, ३० वर्षीय धमीन्द्र रावल, ३२ वर्षीय रामराज जैशी, ३३ वर्षीय जीवन अधिकारी, ३६ वर्षीय लक्ष्मण बुढाथोकी, वडा नं.–२ का ३३ वर्षीय प्रकाश शाही, वडा नं.–४ का ३३ वर्षीय पुरन बिश्वकर्मा र घोडाघोडी नगरपालिका वडा नं.–१ का अक्कल शाही पक्राउ परेका हुन् ।

होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा भन्ने इलाका प्रहरी कार्यालय लम्कीबाट खटिगएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार १० वजे ८१ हजार रूपैयाँ नगद र तासको गड्डी समेत बरामद गरी अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.