
कैलालीको लम्की चुहा नगरपालिका वडा नं.–१ बसपार्कस्थित एक होटलबाट प्रहरीले गए राति ८ जना जुवाडेलाई रकमसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी प्रतीक बिष्टका अनुसार बसपार्कस्थित दिपाली होटल एण्ड लजमा जुवा खेलिरहेका अवस्थामा लम्कीचुहा नगरपालिका वडा नंं.–१ का २० वर्षीय पवन थापा, ३० वर्षीय धमीन्द्र रावल, ३२ वर्षीय रामराज जैशी, ३३ वर्षीय जीवन अधिकारी, ३६ वर्षीय लक्ष्मण बुढाथोकी, वडा नं.–२ का ३३ वर्षीय प्रकाश शाही, वडा नं.–४ का ३३ वर्षीय पुरन बिश्वकर्मा र घोडाघोडी नगरपालिका वडा नं.–१ का अक्कल शाही पक्राउ परेका हुन् ।
होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा भन्ने इलाका प्रहरी कार्यालय लम्कीबाट खटिगएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार १० वजे ८१ हजार रूपैयाँ नगद र तासको गड्डी समेत बरामद गरी अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताएका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द