Naya Media
बिहिबार, भदौ ४, २०८३
| | August 19, 2026
बिहिबार, भदौ ४, २०८३

म्युजिक भिडिओमा झण्डा जलाउने नौ जना पक्राउ, अन्यकाे खाेजी हुदै

User Photo बुधबार, भदौ ३, २०७७
काठमाण्डाै ।

बाहुन क्षेत्रीलाई गालि गरिएकाे गितकाे म्युजिक भिडिओमा झण्डा जलाउने नौ जना पक्राउ परेकाछन ।  बुधबारसम्म प्रहरीको विभिन्न युनिटबाट खटिएको टोलीले काठमाडौंबाट नौ जनालाई पक्राउ गरेको हो।

सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो। त्यसको चौतर्फी विवाद भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरू खटाइ यस घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो।

थप चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो। नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नौ जना पक्राउ परेको उल्लेख छ।

उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ पनि छन्। उनीहरूविरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुने महानगरीय अपराध महाशाखाले बताएकाे छ।

उनका अनुसार थप अनुसन्धान गर्न नौ जनालाई महानगरीय प्रहरी परिसरमा पठाइएको छ। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको महाशाखाले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.