Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कोरोनाबाट पूर्वन्यायाधीशसहित थप ९ जनाको मृत्यु

User Photo मङ्लबार, भदौ १६, २०७७
काठमाण्डाै ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले थप ९ जनाको मृत्यु भएको छ। चितवनमा ४, पर्सामा ३, धरान र काठमाडौंमा एक÷एक जनाको मृत्यु भएको हो। काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज विहान ७ बजे मृत्यु भएको काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष दीपक केसीले जानकारी दिए। भदौ ११ गते अस्पताल भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो

काठमाडौं महानगरपालिका ३ का निवासी उहाँ २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए। चितवनमा ३ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ भने एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। हिजो दिउँसो अस्पताल चाहार्दाचाहार्दै भरतपुर अस्पताल पुगेका तीन जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरुष र भरतपुर ११ कै १८ वर्षीया युवतीको हिजो दिउँसो मृत्यु भएको हो।

उनीहरुमा कडा निमोनिया देखिएकाले मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा गएराति अबेर कोरोना पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए। यसैबीच, चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारका क्रममा विहान २ बजेर ४० मिनेटमा मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। भदौ १४ गते अस्पतालमा उपचारका लागि पुगेका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो। पर्सामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ बर्षीय पुरुष, बारा कोहल्वीका ६० वर्षीय पुरुष र अर्का ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेशकुमार चौरसियाले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.