
सामाजिक सञ्जालमा कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पर्वतको मोदी गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका-४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दबैजनाले उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द