Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी

User Photo शुक्रबार, जेष्ठ १४, २०७८
काठमाण्डाै ।

बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अनलाइनखबरलाई जानकारी दिए ।

अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको उनले बताए ।

अस्पताल प्रशासनले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् ।

चिकित्सकमाथि सांघातिक आक्रमण गर्ने समूहमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढीसकेको भन्दै अस्पताल प्रशासनले आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आह्वान समेत गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.