Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

कानुनसम्मत भएन भन्ने लागेमा रिट हालिहाल्ने अधिवत्ता बिष्णु गिरी

User Photo बिहिबार, मंसिर १६, २०७८
काठमाण्डौ ।

विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गरेका छन । पछिल्लो समय उनले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन गराउन अन्तरिम आदेश लगायत नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् ।

उनले गरेको पछिल्लो न्यायीक लडाईप्रति सामाजिक संजाल र आमसंचार माध्यमको नजरमा परेका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । गिरी गरिखाने वर्गमा जन्मिएर आफ्नै पौरखले सफल कानुन व्यवसायीका रुपमा उभिन प्रयासरत छन् । गिरी २०५८ सालमा मोरङबाट काठमाडौ खालिखुट्टा छिरेका व्यक्ति हुन् ।

गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका ति दिनमा आफुलाइै निरन्तरता दिदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने अधिवत्ता गिरी हिजो कुनै वदनामी र विवादित छविका ब्यक्ति पनि होइनन् । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरी शूरुमा कुनैपनि मुद्धा नआएपछि निरास जस्तै बनेर बरिष्ठ अधिवत्ताहरुको झोला बोक्न पनि खोजेका थिए तर त्यो पनि उनले नपाएपछि सार्वजनिक महत्वका बिषयलाई उठान गरर न्यायिक लडाईमा उनी अधि बढे र मुद्धा पनि जित्तै गए र पछि उनको चर्चा पनि बढ्दै गयो अहिले उनको ल फर्ममा प्रयाप्त मुद्धाहरु छन् । विकट पहाडी जिल्लामा समान्य परिवारमा जन्मिएका अधिवत्ता गिरी मेहनत, इमानदारिता र कुशल व्यवस्थापकिय क्षमताकै कारण सफल भएका हुन् । मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने उदाहरण हुन अधिवत्ता गिरी उनको शूरुमा काठमाण्डौ बसाई निक्कै कष्ठकर थियो । कुनैपनि ब्यबसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कैपनि सहज कुरा होईन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपुर्ण काम हो भन्ने अधिवत्ता गिरी अझै पनि न्याय क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको बताँउँछन न्याय सम्पादनको कामलाई छिटो छरितो तरीकाले सम्पन्न गर्नको लागि सुधार आवश्यक छ ।

अधिवत्ता गिरीले मोरङ पब्लिक मा.बि धनिबनी गाउँबाट एसएलसी उर्तिण गर्नुभएका उहाँ काठमाण्डौको रत्न राज्य क्याम्स, त्रिभुवन बिश्व बिद्यालय तथा नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । कुनै काम कानुनसम्मत भएन भन्ने लागेमा अधिवत्ता गिरी रिट बोकेर सर्वोच्च पुगिहाल्छन् । अधिकांश मुद्दामा उनको जित पनि भएको छ ।

अरुले यसो गरयो उसो गरयो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने अधिवत्ता हुनु बिष्णु गिरी । आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका गिरीको श्रीमति र १ छोरी १ छोरा छन् । अधिबता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत , चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । उनले दजनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.