Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

तत्काल नागरिकता पेश गर्न नसकेकै कारण अध्ययनका लागि भर्ना नरोक्न सर्वोच्चकको अन्तरिम आदेश

User Photo शुक्रबार, चैत्र ११, २०७८
काठमाण्डौ ।

नेपाली नागरिकता वहाक बाबु आमाका छोराछोरीले उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन तत्काल नागरिकताको प्रमाणपत्र पेश गर्न नसकेकै कारण देखाइ भर्ना हुन बाट बन्चित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

भर्नाका लागि अन्य सबै प्रक्रिया पुरा गरेको र आमा बुवा नेपाली नागरिकता वहाक रहेको अवस्थामा विद्यार्थिले भर्ना समयमा नागरिकता पेश गर्न नसकेकै कारणले मात्र भर्ना नरोक्न त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक समेतका नाममा आदेश जारी गरेको हो ।

निवेदक नन्दनी शाहले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक समेतलाई विपक्षी बनाइ आफुले भर्नाका लागि सबै प्रक्रिया पुरा गरे पनि जिल्ला प्रशासन कार्यलयबाट नागरिकता प्राप्त गरी नसकेकै कारण भर्ना नलिएकाे भन्दै सर्वोच्च गएकी थिइन ।

उक्त रिटमा अधिवक्ता सुनिलकुमार यादवले बहस गर्नुभएको थियो । अधिवक्ता यादवले भने, ‘नागरिकता केही समय पछी बन्ने अवस्था हुदा, बनाउदा बनाउदै ढिलो भएको कारणले समेत कति विद्यार्थिहरु भर्ना हुन नपाउने समस्यालाई सम्बोधन गर्ने सर्वोच्चको आदेश विद्यार्थिहितमा र स्वागत योग्य छ ।’

पुरा आदेश


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.