Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

तत्काल नागरिकता पेश गर्न नसकेकै कारण अध्ययनका लागि भर्ना नरोक्न सर्वोच्चकको अन्तरिम आदेश

User Photo
शुक्रबार, चैत्र ११, २०७८
काठमाण्डौ ।

नेपाली नागरिकता वहाक बाबु आमाका छोराछोरीले उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन तत्काल नागरिकताको प्रमाणपत्र पेश गर्न नसकेकै कारण देखाइ भर्ना हुन बाट बन्चित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

भर्नाका लागि अन्य सबै प्रक्रिया पुरा गरेको र आमा बुवा नेपाली नागरिकता वहाक रहेको अवस्थामा विद्यार्थिले भर्ना समयमा नागरिकता पेश गर्न नसकेकै कारणले मात्र भर्ना नरोक्न त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक समेतका नाममा आदेश जारी गरेको हो ।


advertisement

निवेदक नन्दनी शाहले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक समेतलाई विपक्षी बनाइ आफुले भर्नाका लागि सबै प्रक्रिया पुरा गरे पनि जिल्ला प्रशासन कार्यलयबाट नागरिकता प्राप्त गरी नसकेकै कारण भर्ना नलिएकाे भन्दै सर्वोच्च गएकी थिइन ।

उक्त रिटमा अधिवक्ता सुनिलकुमार यादवले बहस गर्नुभएको थियो । अधिवक्ता यादवले भने, ‘नागरिकता केही समय पछी बन्ने अवस्था हुदा, बनाउदा बनाउदै ढिलो भएको कारणले समेत कति विद्यार्थिहरु भर्ना हुन नपाउने समस्यालाई सम्बोधन गर्ने सर्वोच्चको आदेश विद्यार्थिहितमा र स्वागत योग्य छ ।’

पुरा आदेश


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.