बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगायो

आइतवार, कार्तिक १९, २०८०, काठमाण्डौ । 

बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ।।। एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-

उपर्युक्त विषयको सम्बन्धमा नेपाल सरकारले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ (१) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउँदै यस बर्ष नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ। साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदुषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस बर्दगोरिया गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरुमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरु उत्पादन भईरहेको परिप्रेक्षमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरु एवम् सो बाट बनेका मालाहरु मात्र प्रयोग गर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दै अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, कार्तिक १९, २०८० (November 5, 2023, 7:11 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै