Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगायो

User Photo आइतवार, कार्तिक १९, २०८०
काठमाण्डौ ।

बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ।।। एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-

उपर्युक्त विषयको सम्बन्धमा नेपाल सरकारले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ (१) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउँदै यस बर्ष नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ। साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदुषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस बर्दगोरिया गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरुमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरु उत्पादन भईरहेको परिप्रेक्षमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरु एवम् सो बाट बनेका मालाहरु मात्र प्रयोग गर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दै अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.