कैलाली क्षेत्र नम्बर २ का निवर्तमान सांसद झपट बहादुर रावल पछिल्लो समय आफ्नो कार्यकालमा सुरु भएका र कैलाली क्षेत्र नम्बर २ का योजनाको काम रोकिए पछि मन्त्रालय र सम्बन्धित कार्यालयमा ध्यानाकर्षण गराइ रहेका छन् ।
उनले भने राष्ट्रिय गौरवको सेती लोकमार्ग र निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तर्गतका निर्माणाधीन विभिन्न सडक पुल योजनाहरु आज अलपत्र अवस्थामा छन्। मेरो कार्यकालमा द्रुत गतिमा अगाडी बढेका योजनाहरु अहिले अलपत्र अवस्थामा हुँदा यस क्षेत्रका जनताहरुमा निराशा छाएको देखिन्छ र सरकार प्रति नकारात्मक भावना बढ्दै गइरहेको छ। त्यसैले तपशिल बमोजिम सडक पुल योजनाहरुको काम यथाशिघ्र अगाडी बढाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
उनले भनेका छन् निर्वाचन क्षेत्र रणनैतिक सडक चिसापानि,जङ्गलघाट,मंगलसैन सडकमा ठेक्का भइ काम संचालन भइ रहेका बेला सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमती नहुदा काम रोकिएको भन्दै ध्यानाकर्षण गराएका हुन । यदि रुख काट्ने अनुमति नदिए एक घर एक व्यक्ति र एक बन्चरो लिएर सडक क्षेत्रमा पर्ने रुख काट्ने चेतावनी दिएका छ्न बरु विकासको लागि यो काम गर्दै गर्दा जेल जान परे पनि तयार छु उनले भने ।

उनले पुल महासाखा प्रमुख दिएको ध्यानाकर्षण यस्तो भनेका छ्न ।
मिति : २०८०/०८/२७
श्री प्रमुख ज्यू, पुल महाशाखा, सडक विभाग बबरमहल, काठमाडौँ।
विषय : सडक पुल निर्माण सम्बन्धमा ।
प्रस्तुत विषयमा राष्ट्रिय गौरवको सेती लोकमार्ग र निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तर्गतका निर्माणाधीन विभिन्न सडक पुल योजनाहरु आज अलपत्र अवस्थामा छन्। मेरो कार्यकालमा द्रुत गतिमा अगाडी बढेका योजनाहरु अहिले अलपत्र अवस्थामा हुँदा त्यस क्षेत्रका जनताहरुमा निराशा छाएको देखिन्छ र सरकार प्रति नकारात्मक भावना बढ्दै गइरहेको छ। त्यसैले तपशिल बमोजिम सडक पुल योजनाहरुको काम यथाशिघ्र अगाडी बढाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
तपशिलः
सेति लोकमार्ग अन्तर्गत :-
१. कुहिरा नदी पुल, बर्दगोरिया-३ (दुइ वर्ष देखि निर्माणाधीन)
२. झात्री खोला पुल, मोहन्याल -२ (दुइ वर्ष देखि निर्माणाधीन )
३. सिसैया खोला पुल, बर्दगोरिया ३ (नयाँ योजनामा समावेश गर्नु पर्ने)
४. दुगौली देखि बीनिया सम्म पर्ने विभिन्न सडक पुलहरू (नयाँ योजनामा समावेश गर्नु पर्ने)
निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तर्गत :-
१. कर्णाली नदी पुल, मोहन्याल ६ सोल्टा- कुमाला जोड्ने (DPR तयार भएको)
२. कर्णाली नदी पुल, मोहन्याला (वैक्का सम्झौता भएको)
३. बोटा खोला पुल, मोहन्याल – ६ (नयाँ योजनामा समावेश गर्नुपर्ने)
४. साँधुरे खोला पुल, मोहन्याल ७, (नयाँ योजनामा समावेश गर्नुपर्ने)
५. बादे खोला पुल, मोहन्याल ७, (नयाँ योजनामा समावेश गर्नुपर्ने) ६. टिउले खोला पुल, मोहन्याल – ६, (नयाँ योजनामा समावेश गर्नुपर्ने)
७. कारवा खोला पुल, मोहन्याल ७, (नयाँ योजनामा समावेश गर्नुपर्ने)
८. बुका खोला पुल, मोहन्याल ७, (नयाँ योजनामा समावेश गर्नुपर्ने)
अन्य
१. खमरिया देखि सुतेया जोड्ने पधरैया नदीमा पुल (लम्कीचुहा ९, १०)
२. चुहा तोरिपुर पथरैया नदीमा पुल (लम्कीचुहा १०)
३. चोरिपुर र बाहुनपुर जोड्ने चोरी नदीमा पुल (लम्कीचुहा ४ र ६)
झपट बहादुर रावल,प्रतिनिधि सभा पूर्व सदस्य,कैलाली -२
