चितवन।सवारी दुर्घटनाका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० स्थित भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठाेक्किदा ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो ।
त्यस्तै बसका चालक काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा, यात्र ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ वर्षीय तारा बरालको उपचारको क्रममा मृत्यु भएको हो ।
राति ११ बजे भएको सो दुर्घटनमा परि १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएपछि केही बेर सवारी जाम भएको थियो ।
घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द