Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

राँके बजारमा आगलागी हुँदा, करिब दुई करोडको क्षति

User Photo सोमवार, भदौ १८, २०७५

इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट तीन वटा सटरसहितको घर जलेको छ । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल तथा तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको छ ।

देउमाई नगरपालिका-१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो । बेलुका करिब ८ बजेबाट शुरु भएको आगो राति ११ बजे निभाइएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयबासी र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिब दुई वर्ष अगाडि पनि आगलागी भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.