Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

डोटीको रुवसकाँडामा बस दुर्घटना

User Photo
बिहिबार, भदौ २८, २०७५

धनगढी । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ ।


advertisement

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.