Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

भीमदत्त पन्त राजमार्गमा बस दुर्घटना : २७ जना घाइते, तीन जना गम्भीर

User Photo बिहिबार, भदौ २८, २०७५

बुधबार अपरान्ह दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस भीमदत्त पन्त राजमार्गमा बिहीबार बिहान बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन्।  डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मा पर्ने भीमदत्त पन्त राजमार्गको रुपसकाँडा भन्ने स्थानमा बिहीबार बिहान ३ बजे उक्त बस सडकबाट एक सय मिटर तल भीरमा खसेको क्षेत्रीय टाफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

२७ जना यात्रु बोकेर कञ्चनपुरतर्फ आइरहेको बसमा सवार २७ जना मध्ये चालक पदमराज पन्त, सहचालक दानबहादुर जोशी र एक जना ११ वर्षीय बालक सिजन बोहरा गम्भीर घाइते भएका छन्।  ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक रामसिंह धामीले दिएको जानकारी अनुसार गम्भीर घाइते सहित ७ जनाको उपचार अत्तरियाको पदमा अस्पतालमा भइरहको छ। अन्य घाइतेहरुलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइदै गरिएको छ।

सेती अञ्चल अस्पतालले बिहान ६ बजेदेखि नै दुर्घटनाका घाइते आउने भनेर डाक्टर सुरेन्द्र केसी सहितका स्वास्थ्यकर्मीको टोली सर्तक राखेको छ तर समाचार तयार पारुन्जेलसम्म थप घाइते सेतीमा पुगेका छैनन। चालक घाइते भएकाले दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.