Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

हेलिकप्टर दुर्घटना स्थलमा रहेका प्रत्यक्षदर्शी भन्छन ‘केही बाँकी छैन, तलबाट प्रहरी आउँदैछ’

User Photo
बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ ।

घटनास्थलमा स्थानीयबासी पुगेका छन् । उनीहरु मध्ये एक हुन्, कालिका होटल सन्चालक सुरज भट्टराई । उनका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ । टेलिफोन सम्पर्कमा आएका उनले भने, ‘आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन ।’

उनको भनाइ जस्ताको तस्तैः

मेरो नाम सुरज भट्टराई हो । पाथिभरामा कालिका होटल चलाउँछु । अपरान्ह १२ बजेतिर मेरो बुबा सुक्रवीर भट्टराईले फोन गरेर यहाँ हेलिकोप्टर ठोक्कियो, पुलिसलाई खबर गर भन्नुभयो । मेरो बुबा मैयुममा बस्नुहुन्छ । घाँस काट्न जाँदा तारेभीरको खप्टेढुंगामा हेलिकोप्टर ठोक्किएर जलेको देखेपछि मलाई फोन गर्नुभयो ।

मैले तत्कालै हल्दारसा’बलाई भेटर हामी करीव दुई घण्टाको बाटो हिँडेर घटनास्थलमा आइपुगेका छौं । हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन । अहिले हामी ५०/६० जना जम्मा भएका छौं । तलबाट प्रहरी आउँदैछ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.