काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ल्याउन ४ वटा हेलिकोप्टर काठमाडौंबाट उडेको छ ।
गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार एयर डाइनेष्टी र सिम्रिक एयरको एक/एक वटा हेलिकोप्टरसहित नेपाली सेनाको एमआई १७ र अर्को हेलिकोप्टर पनि त्यसतर्फ गएको छ ।
यद्यपि, खराब मौसमका कारण ल्याण्ड गर्न नसकेको उनले गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
‘ल्याण्ड गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छ । सम्भवतः ताप्लेजुङको विमानस्थल वा नेपाली सेनाको हेलिप्याडमा ल्याण्ड हुनेछ’, उनले भने, ‘अहिले जहाँ दुर्घटना भएको हो, त्यहाँ शवहरुलाई संकलन गरिसकिएको छ । त्यहाँबाट हेलिकोप्टर ल्याण्ड हुने स्थलसम्म शवलाई बोकेर ल्याउनुपर्छ ।’
शव ल्याउन डेढदेखि दुई घन्टा लाग्ने उनले जानकारी दिए । त्यसका लागि स्थानीय प्रशासनले काम सुरु गरिसकेको पनि प्रवक्ता सुवेदीले बताए ।
घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भइसकेको छ । दुर्घटनाको कारण खराब मौसम भएको पनि उनले सुवेदीले बताएका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द