Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीकाे चुहामा मोटरसाईकल र ट्रक एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु

User Photo बुधबार, फाल्गुन १५, २०७५

रमित पाण्डे, कैलाली । कैलालीको लम्कीचुहा १० चुहा पिपरौवामा मोटरसाईकल र ट्रक एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ ।

धनगढी बाट बुटवल जादै गरेको ना ६ ख २६६१ नम्बरको ट्रक र कैलालीको लम्कीचुहा ४ बलियाबाट मुडा जादै गरेको से २ प ४५४२ नम्बरको मोटरसाईकल ठोक्कीदा बर्दगोरीया ४ नौनियाका २५ वर्षिय समिर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शुरेन्द्र प्रसाद जोशिले जानकारी दिनु भयो ।

मोटरसाईकलले आफुभन्दा अगाडि रहेको बसलाई ओभरटयाक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । मोटरसाईकलको पछाडि बसेका शुरेश डगौरा सामान्य घाईते भएका छन् । मृतक चौधरीलाई पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठाईएको छ । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.