Naya Media
मङ्लबार, साउन १२, २०८३
| | July 27, 2026
मङ्लबार, साउन १२, २०८३

अपडेटः त्रिसुली बस दुर्घटनामा ५ जनाकाे मृत्यु, २९ घाइते

एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास जारी

User Photo आइतवार, जेष्ठ ५, २०७६
काठमाण्डाै ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए ।

थापाले भने, ‘मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।’

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।

मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको डिआईजी थापाले जानकारी दिए । प्रहरीका अनुसार चालक सम्पर्कमा छैनन् । दुर्घटनाको कारण पनि खुलेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.