Naya Media
मङ्लबार, साउन १२, २०८३
| | July 28, 2026
मङ्लबार, साउन १२, २०८३

अपडेटः त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्याे

चारजनाको सनाखत हुन बाकी

User Photo आइतवार, जेष्ठ ५, २०७६
काठमाण्डाै ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतबार बिहान ६ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन।

बस दुर्घटनाका घाइते झापाका फडिन्द्रबहादुर कार्कीका अनुसार दुर्घटना हुनुभन्दा ३÷४ किलोमिटर वर गाडीमा तेल हालेर चालक परिवर्तन भएपछि गाडी अलि फरक तरिकाले गुडेको थियो। त्यस्तै, दुर्घटनामै परेर घाइते भएका अर्का यात्रु धादिङ गल्छी खयरघारीका राजकुमार सुवेदीले पनि तेल हालेपछि गाडीको गति बढी भएको बताएका छन्।

घटनास्थलको प्रारम्भिक अध्ययनमा सडक छेउको तारजाली र फलामे बार भत्काएर गाडी त्रिशूली नदीमा पुगेकाले बस तीव्र गतिमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.