कैलाली ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नं. २ मोतिपुरमा काठको भुसा पेल्ने मशिनमा परेर एक बालकको मृत्यु भएको छ । चलिरहेकाे मेसिनमा परी स्थानिय रवि कडायतका साढे ३ बर्षिय छोरा आयुस कडायतको मृत्यु भएको हो ।
मोतिपुर निवासी संजय शाहिले संचालन गरेको भुसा मेसिनमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
