काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता हुनसक्ने प्रहरीले आशंका गरेको छ । सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउने योजनाअनुरुप सिलिण्डर बम परीक्षणका क्रममा भएको विस्फोटमा विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।
घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन्। आइतबार अपराह्न ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ। सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै चन्द समूहले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ।
