Naya Media
सोमवार, साउन ११, २०८३
| | July 26, 2026
सोमवार, साउन ११, २०८३

धनगढी बम विस्फोटमा घाइते भएका एकको मृत्यु

आफ्नै झोलाकाे बम भित्तामा अडेस लगाउँदा पड्किएको प्रहरी अनुमान

User Photo शुक्रबार, साउन ३, २०७६
काठमाण्डाै ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटेलमा भएको बम विस्फोटमा परी घाइते भएका एकको मृत्यु भएको छ । बिहीबार साँझ भएको विस्फोटनमा परी घाइते भएका राम सिंहको मृत्यु भएको हो।

सिंह बझाङका स्थायी बासिन्दा हुन् । विस्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले झाेला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउँदा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विस्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने चिकित्सकहरूले बताए थिए तर तत्काल बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो ।

बम विस्फोटमा परी घाइते भएका चार जनाको भने माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले सिंहको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.