Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

नेकपा नेता तथा पूर्वसांसद् बैरागीको निधन

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

काठमाडौं । पूर्वसांसद् तथा नेकपाका नेता हरि बैरागी दाहालको निधन भएको छ । ६२ वर्षीय दाहालको मस्तिष्कघातबाट निधन भएको हो ।०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गरिरहेका थिए ।

सक्रिय राजनीतिभन्दा विकासे अभियन्ताका रूपमा सक्रिय उनी नेकपाको कुनै जिम्मेवारीमा भने थिएनन् । हाँसोठट्टा गर्ने रमाइलो स्वभावका दाहाललाई दुई दिनअघि मस्तिस्कघात भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उनको हृदयघात र मस्तिकघातका कारण निधन भएको नेकपाका केन्द्रीय सदस्य तथा संखुवासभाका सांसद् राजेन्द्र गौतमले बताए । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

०३५ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका दाहालले भूमिगतकालमा जनताबीच कम्युनिस्ट आन्दोलनको विस्तार गरेको गौतमले बताए । उनी ०४३ सालको पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए ।

गौतमका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.