Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३ घाइते

एक जना अझै बेपत्ता

User Photo मङ्लबार, मंसिर १७, २०७६
काठमाण्डाै ।

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ । थप उपचारको काठमाडाैं ल्याउन हेलिकप्टरको पहल गरिएको प्रहरीले जनाएको ।

जीपमा १८ जना सवार थिए ।

केही दिन अगाडि मात्रै अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.