Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

गाउँपालिका प्रमुखको सरकारी गाडीमा आगजनी

आगजनीका कारण गाडी पूरै जलेर नष्ट

User Photo सोमवार, मंसिर २३, २०७६
काठमाण्डाै ।

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।

आगजनीका कारण गाडी पूरै जलेको छ । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ उनले रासससँग भनेका छन्, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’

हरमटारबाट गएको प्रहरी टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागी कसरी भयो भन्ने खुलेको छैन । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रजिअ उपाध्यायका अनुसार घटनाको अनुसन्धानका लागि खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली खटाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.