Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दो

एचआइभी, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि वृद्धी

User Photo आइतवार, पुस २७, २०७६
काठमाण्डाै ।

बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ।

दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो। यो संख्या सन् १९९० को भन्दा तीन हजार पाँच सयले बढी मानिन्छ। विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनमा नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या तीन हजार एक सय रहेको छ। त्यस्तै, सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ। अध्ययनअनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको थियो।

अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका शोधकर्ता डाक्टर पुष्पराज पन्तले भने, ‘यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पु¥याउने मनसाय राखेका छैनौं, यसले थप सचेत बनाउँछ भन्ने हो।’

नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महŒवपूर्ण भएको उजागर गरेको छ। चोटपटकबाट नेपालमा हुने मृत्युको ४५ प्रतिशत यातायातसम्बन्धी दुर्घटनाबाट र १८ प्रतिशत लडेर, १४ प्रतिशत आत्महत्याका कारण हुने गरेको पाइएको छ। तथ्यांकअनुसार एक वर्षमा सबै खालका यातायातसम्बन्धी दुर्घटनाबाट सात हजार पाँच सय २४, मनसायविना हुने चोटपटकको कारणबाट ६ हजार चार सय ६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट दुई हजार आठ सय ४२ जनाको मृत्यु हुने गरेको छ। नेपालको प्रतिएक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६ दशमलव ३१ रहेको छ। मृत्यु हुनेमा पुरुषको दर बढी छ। चोटपटक लाग्नेमा ७६ प्रतिशत पुरुष रहेका छन्।

अध्ययनमा दुर्घटनाको मुख्य कारण मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नहुनु, ट्राफिक नियम पालना नहुनु, सडक सुरक्षासम्बन्धी सचेतना नहुनुलगायत रहेका छन्। चालकको ध्यान विचलन हुने, मोबाइल फोनको प्रयोग गर्ने, रक्सी अथवा लागुपदार्थ सेवन गर्नेजस्ता कारणले पनि दुर्घटना बढाइरहेको अध्ययनमा देखिएको छ। ‘दुर्घटना कम गर्न सबै निकायको समन्वय हुनुपर्छ, देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको आवश्यकता हो, सरकारी नेतृत्वबाट देखिने गरी प्रतिबद्धता पहिलो र मुख्य आवश्यकता हो,’ डाक्टर पन्तले भने।

अध्ययनमा मृत्युको सबैभन्दा ठूलो हिस्सा लडेर (४५ प्रतिशत), डुबेर (१५ प्रतिशत), सर्पलगायत जनावरबाट (सात प्रतिशत), पोलेर (६ प्रतिशत), यान्त्रिक बल (पाँच प्रतिशत), प्राकृति विपत्ति (दुई प्रतिशत) र विषको असरबाट (एक प्रतिशत) र यस्ता बाँकी कारणहरूबाट १९ प्रतिशतको मृत्यु हुने देखाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार लडेर हुने चोटपटक र मृत्युलाई पेसागत संलग्नता, औषधिलगायत रक्सी र लागुपदार्थको सेवन, बिरामीपन, दृष्टि र शारीरिक सन्तुलन बिगार्ने खालका स्वास्थ्य समस्यासँग सम्बन्धित गरिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.