गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

आफैंले चलाएको कार सडकको पोलमा ठोक्किएर दुर्घटना
गायक निशान भट्टराई
मङ्लबार, पुस २९, २०७६, काठमाण्डाै । 

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै