Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

घाईते एक जनाको अवस्था सामान्य

User Photo शनिबार, फाल्गुन १०, २०७६
काठमाण्डाै ।

कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका भट्टको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नारायण विष्टले जानकारी दिए ।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.