Naya Media
आइतवार, असार २८, २०८३
| | July 11, 2026
आइतवार, असार २८, २०८३

८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरमा चारजनाको शंकास्पद मृत्यु

तीनको अवस्था गम्भीर

User Photo आइतवार, चैत्र २, २०७६
काठमाण्डाै ।

जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरमा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उप-महानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उप-महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदाको मृत्यु भएको हो ।

सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । बस्तिका अन्य २२ जनालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गराइएको मेडिकल सुपरिटेण्डेन्ट डा. रामपरीक्षण यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालका जेनरल फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक रामदेव चौधरीले गत बुधबार होलीको दिन मदिरा सेवन गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी दिए।बस्तीमा होलीका दिन प्रायः घरपरिवारका व्यक्तिले मदिरा सेवन गरेको वडा अध्यक्ष जानकीराम साहले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.