Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

सिन्धुपाल्चोकमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता, दुई जनाको शव भेटियाे

User Photo बिहिबार, असार २५, २०७७
काठमाण्डाै ।

सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको छ भने दुई जना घाइते भएका छन् । स्थानीय खहरे खोलामा आएको बाढीले झण्डै दुई दर्जन घर बगाएको छ ।

बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । त्यहाँ दुई जनाको शव समेत फेला परेको छ । २०÷२२ वटा घरमध्ये ३/४ वटाबाहेक अरु पहिरोले लगेको पनि शेर्पाले बताउनुभयो । त्यहाँको पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

यस्तै भोटेकोशी गाउँपालिकामा चार जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा दुईवटा घर बगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उहाँले बताउनुभयो । त्यहाँ दुई जना बालबालिका घाइते भएका छन् ।

घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.