Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

User Photo बुधबार, साउन १४, २०७७
काठमाण्डाै ।

कालिकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । मंगलबार राती ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ भने एकजना उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीय विमला बुढाको कुमालको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो। बेपत्ताहरुको घरभित्र पुरिएकाको अवस्थामा शव फेला परेको छ । यस्तै नरहरीनाथ गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । बले बुढा र उनकी श्रीमती मना बुढाको ज्यान गएको छ ।

मंगलबार बिहान रास्कोट नगरपालिका-१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँचजनाको शव अझै भेटिएको छैन । उनीहरुको खोजी कार्य जारी छ । रास्कोटमा एकजनाको मृत्यु भइसकेको छ । यस्तै सान्नीत्रिवेणी गाउँपालिका २ मा पहिरो खस्दा एक घर पुरिएको छ ।

बाँकी ८ घर जोखिममा परेका छन् । मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । यस्तै सान्नीत्रिवेणी गाउँपालिका ७ क्यूरीको बस्ती पनि पहिरोको जोखिममा परेको छ । स्थानीय मनराज सिम्खाडाका अनुसार गाउँको दुवैतिर पहिरो गएको छ ।पहिरोका कारण कर्णाली राजमार्ग र कर्णाली कारिडोर अवरुद्ध भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.