
परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका -४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।
दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका- ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका- ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द