Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

User Photo बिहिबार, अशोज २२, २०७७
काठमाण्डाै ।

जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीकाे मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको भने सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा मृतकका आफन्तहरुले अझै शव उठाउन दिएका छैनन् । मृतकका आफन्तहरुले दुर्घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उच्च स्तरीय छनबिन समिती गठन गर्नुपर्ने, मापदण्ड विपरित सड्क खन्नेलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, चालकलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै शव उठाउन नदिएका हुन् ।

चालकको लापरबाही र मापदण्ड विपरीत सडक खनेका कारण जिप दुर्घटनामा परेको उनीहरुको भनाइ छ ।

‘दुर्घटनास्थलमै मृतकको शव क्षतविक्षत अवस्थामा छन् । मृतकका आफन्तहरु पनि दुर्घटनास्थलमै छन्,’ घटना स्थलमा रेहेका स्थानीय पत्रकार रेशम खड्काले भने, ‘ठोस सहमति नभएसम्मा शव उठाउन नदिने मृतकका आफन्तहरुले अडान राखेका छन ।’

स्थानीय जनप्रतिनिधिहरुले पटक–पटक सहमतिको प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए ।

जुनीचाँदे–१ स्थित लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापरबाहीका कारण मापदण्ड विपरीत निर्माण भएको स्थानीयको आरोप छ ।

मृतकका आफन्तले गाडी चालक गोर्खबहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन् । जुनीचाँदे–५ स्थित मटेलमा रहेको चालकको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसल जलाइदिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएसँगै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार जिपका चालक फरार रहेको आशंका गरिएको छ । उनको मोबाइल गाडीमै छुटेको र शव पनि नभेटिएको डीएसपी श्रेष्ठले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.