पर्सा झडपमा घाइते नेकपा कार्यकर्ताको मृत्यु

पर्साको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका एक जना नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको छ ।

नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।

अर्का गम्भीर घाईते उत्तम तिवारीको उपचार नारायणी अस्पतालमा भइरहेको छ । उनको अवस्था चिन्ता जनक रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाकारी दिए । उनको पनि टाउकोमै चोट लागेको छ र सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

झडपमा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार नै ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनालाई मात्रै हिरासतमा राखेक़ो छ । देवा सहनी, सुकवीन गद्दी र अनिश मियालाई प्रहरी हिरासतमा राखिएको डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
शुक्र, कार्तिक ७, २०७७ (October 23, 2020, 3:24 pm) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै