Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 16, 2026
शुक्रबार, बैशाख ४, २०८३

टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भए पछी वीरेन्द्रनगर तनावग्रस्त

User Photo शनिबार, पुस २५, २०७७
काठमाण्डाै ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् ।

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते बसेकी मोटरसाइकल पछाडि बसेकी वीरेन्द्रनगर-११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

युवतीको मृत्युपछि स्थानीयबासीले छिन्चु बजारमा प्रर्दशन गरेका थिए । सवारी चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्त र स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

प्रशासन र मृतकका आफन्तहरुबीच सहमति हुन नसकेपछि स्थानीयबासी वीरेन्द्रनगरको मंगलगढी चोकमा आएर प्रर्दशन गरेका थिए । उनिहरुले, ‘मान्छे मार्न पाइदैन’, ‘दोसीलाई फाँसी दे, पीडितलाई न्याय दे’ भन्दै नारा बाजी गरेका थिए । प्रदर्शनकारीहरुले वीरेन्द्रनगरस्थित जुम्लारोड सडकखण्ड अवरुद्ध गरे ।

सडक खुलाउन प्रहरीले आन्दोलनकारीलाई तितरवितर गर्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेका थिए भने प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउण्ड अश्रुग्यास हानेको थियो ।

६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए । ‘हामीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेका छौं । दोसीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ एसपी भट्टले भने, ‘उनीहरुले फाँसीको नारा लगाइ रहेका छन् । फाँसी दिने कानून छैन ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.