Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 16, 2026
शुक्रबार, बैशाख ४, २०८३

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

User Photo आइतवार, चैत्र ८, २०७७
काठमाण्डाै ।

लमजुङ बेँसीशहर-चोम सडकअन्तर्गत नासो गाउँपालिका-३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी  नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो-१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए । उनीहरु पाँच जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताए ।

उपचारका क्रममा दुई जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीन जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

जिल्ला अस्पताल लमजुङमा मृत्यु भएका दुई जनाको शव अस्पतालमा राखिएको छ । घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.