बालकको मृत्यु

बुद्धशान्ति -३ मा पोखरीमा डुबेर १ बालकको मृत्यु, १ घाईते

बिहिबार, बैशाख ९, २०७८, झापा । 

बुद्धशान्ति ३ मा माछा पाल्न बनाइएको एक पोखरीमा डुबेर १३ बर्षिय बालकको ज्यान गएको छ।

बुद्दशान्ति-३ स्थित सयपत्री चोकमा रहेको पोखरीमा परि सोही ठाउँका १३ बर्षिय निपेश पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ।

गर्मी छल्न साथीसग पौडी खेल्न जादा ज्यान गएको हो।

उनी सगै गएका बर्ष १४का सुजन चौहानको भने लिभिङ होप अस्पताल बुधबारेमा उपचार भइरहेको छ।

करिव १५ फिट गहिरो पोखरीमा साथी डुबेको खबर स्थानीयलाई गरेपछि डोजर लगाएर पानी कटाइए पनि बालकको ज्यान बच्न सकेन।

बिनोद मोक्तान र दिनेश चापागाईंले माछा पाल्न करिव ३ बर्ष अघि खनेको उक्त खाडिको वरपर घेराबेरा नहुदा दुर्घटना भएको स्थानीयको आरोप छ।उक्त पोखरीमा अघिल्ला गर्मियाममा पनि पौडी खेल्नेको ताती लाग्ने गरेको स्थानियले बताएका छन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नया मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नया मिडिया

नया मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै