सगरमाथा आरोहण

सगरमाथा आरोहणका क्रममा दुई आरोहीको निधन

बिहिबार, बैशाख ३०, २०७८, काठमाण्डाै । 

सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । आधार शिविरबाट पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको छ ।

उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटलाई उद्धार गर्दै आचार्यले जानकारी दिइन् । आज नै अमेरिकी नागरिक लिउ पुवेईको समेत क्याम्प ४ मा ज्यान गएको छ ।

उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको निर्देशक आचार्यले जानकारी दिइन् ।

सगरमाथामा यो वर्ष १ सय ५० भन्दा आरोहीले सफल आरोहण गरेका छन् । आरोहणका लागि अनुकुल मौसम तत्कालका लागि सकिएको छ । अब २० मे पछि धमाधम थप आरोहण हुने आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै