Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

User Photo मङ्लबार, अशोज १९, २०७८
धनगढी ।

कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका-१ का ३२ वर्षीय आशिष चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियाबाट नियन्त्रणमा लिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.