Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे, २६ जना घाइते, ३१ जना सम्पर्क विहीन

User Photo बुधबार, कार्तिक ३, २०७८
काठमाण्डौ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।

प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले बताए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना, कालिकोटमा १ जना, धनकुटामा ६ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । मनसुनका कारण इलाममा २ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । नेपालमा असोज ३१ देखी पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.