Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

पाँच दिने नाबालकसहित एकै परिवारका तिन जना मृत फेला

User Photo बुधबार, मंसिर १५, २०७८
दाेलखा ।

दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।

बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए ।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।

उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

मृतकहरुको पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण खुल्नेछ । थप अनुसन्धान जारी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.