
कैलालीको लम्कीमा हाम्रा प्रहरी संग हामी” “हाम्रा सन्ततीको भबिष्य बचाऔ” भन्ने कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लम्की र ट्राफिक प्रहरी कार्यालय लम्की कैलालीको संयुक्त आयोजनामा इलाका प्रहरी कार्यालयको वडा एरिया भित्र रहेका अटो चालक तथा सवारी चालकहरुलाई इलाका प्रहरी कार्यालयमा बोलाएर ईलाका प्रहरी कार्यालय लम्कीका कार्यालय प्रमुख प्रहरी निरक्षर शंकर खड्का र ट्राफिक प्रहरी कार्यालय लम्कीका कार्यालय प्रमुख प्र.ब.ना.नि. मदनराज उपाध्यायले “सडक दुर्घटना न्युनिकरण सम्बन्धी जानकारी दिनुका साथै जनचेतनामुलक कार्यक्रम भएको छ ।
लम्की चुहा भित्र भइ रहेका दुर्घटनालाई मध्य नजर गर्दै कार्यक्रम भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय लम्कीमा प्रहरी निरीक्षक खडकाको आगमन भए पछि विभिन्न विद्यालयमा पुगेर लागू पदार्थ सम्बन्धि सचेतता गर्दै आउनु भएको छ ।