
हेमन्त बहादुर शाह(कैलाली लम्की)
नेपालको पश्चिमि त्र तिर अवस्थित महेन्द्र पुर्बपश्चिम राजमार्गको अबस्था एकदमै दयनिय रहेको छ । पछिल्लो समयमा सो राजमार्गमा बट्रदो दुर्घटनाले तनाबग्रस्त बनाएको छ । राजा महेन्द्रको पालामा नक्सा तयार गरी बिरेन्द्रको पालामा तयार गरिएको सडकको अबस्था जस्ताको तस्तै छ । पहिले राजाको पालामा तयार गरिएको महेन्द्र राजमार्ग बिगतको सवारी अबस्था लाई मध्यनजर गर्दै डिजाईन गरिएको थियो । तर बर्तमान समयमा मानवीय आवश्यकता जनसङस्ख्या बृद्धि तथा बडदो सवारी साधन खरीदले तथा संकुचित सडकका कारण दुर्दशा तथा जनताहरुलाई दुर्घटनीय अबस्था झेल्नु परिरएको छ ।
महेन्द्र राजमार्गले नेपालका करिब २६ जिल्लालाई सेवा दिएको पाईन्छ । यो राजमार्ग नेपालको पुर्ब र पश्चिम जोड्ने एक मात्र बिकल्प बनेको छ । देशकै सबैभन्दा लामो यो राजमार्गमा अहिले सवारी साधनहरुको चाप बढ्दै जांदा साघुरो भईरहेको र ठाउँठाउँमा खाल्डा खुल्डी र भत्केको हुनाले सो राजमार्गमा दुर्घटना बढेको पाईन्छ। करोडौ रुपया यो राजमार्गका लागि त्यसलाई कालोपत्रेले ढाकेर केही महिना टिक्न र केही महिनामै छुट्याईएको बजेट पनि अगुवाई गर्ने ब्यक्तिहरुले खाईसक्छन र सडकको अबस्था जस्ताको त्यस्तै देखिन्छ र दिर्धकालिन उपाय तथा दुर्घटना नियन्त्रण गर्ने बिकल्प राजा गएदेखि थुप्रै दलका सरकारहरु आए तर केही परिवर्तको छाटकाँट देखिएन ।
महेन्द्र राजमार्ग पुर्ब देखि पश्चिम सम्मको एउटा ब्यापारिक बिकल्प पनि छ र त्यहाँ ठुलाठुला सवारी साधनहरु पनि धेरै र हिमाल पहाड तराईका मान्छेहरु आवतजावत गर्ने भएका कारण तथा बर्षाको समयमा र एउटै सडक बाढी पहिरो जाने हुनाले मान्छेहरुले निकै दु ख झेल्नु सडक करीब ८ मि चौडा छ, तर ५/६ मिटर मात्रै कालोपत्रे गरिएको हुनाले ठुला देखी साना सवारी साधनहरु त्यही ५-६ मि सडकमा आवतजावत गर्नुपर्ने हुनाले यो राजमार्गमा दुर्घटना दिन प्रदिन दुर्घटना निम्मिई रहन्छन र दुर्घटना भयो भने नेपालको कानुन मजबुद्द भएता पनि सरकार निन्दनिय अबस्थामा हुँदाखेरी पिडितलाई न्याय नदिने होकी भन्ने डरले पिडित पश्रले सडक जाम गरी समाधान नभए सम्म सडक मान्छे आवतजावत गर्न बिकल्प नै हुदैन ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मा महेन्द्र राजमार्गको अबस्था
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा पर्ने भूभागमा सडकको अवस्था निकै गार्हो भएको हुनाले दुर्घटना निम्तिन पुग्छन् । पहिले त खाल्डाखुल्डिहरु एकदमै धेरै हुन्थे र त्यहाँका युवाहरु मिलेर खाल्डाखुल्डी पुर्ने गर्थे । त्यस्तै अरु ठाउँ र देशका सबै राजमार्गहरुको अवस्था त्यस्तै नहोला भन्न सकिदैन । देशमा माथि देखि स्थानिय तह सम्मका नेता भनाउँदाहरु बार्षिक बिनियोजन गरिएको बजेट जति रोडमा हाल्छन् तर देशका बिभिन्न ठाउँहरुमा स्थिति भने बिगत देखि हाल सम्म त्यस्तै नै देखिन्छ ।देशभरका समान्य नेता देखि जनप्रतिनिधि र माथिल्ला तहका नेताहरु सम्म त्यहि राजमार्गमा चिल्लो कारमा हिड्ने गर्छन् तर त्यो राजमार्गको बिषयमा भने कसैको ध्यानाकर्षण गएन ।
२०७९ सालमा नेपालि काँग्रेस बाट नव निर्वाचित मेयर शुसिला शाही आए देखि लम्कीचुहा क्षेत्रमा पर्ने सडक फराकिलो बनाउने योजना भएको भन्ने कुरा सुन्नमा आएको छ ।अब भने लम्किचुहा नगरपालिकाका जनताहरु अलिकति आशावादी भएका छन् र यो रोड बन्न कम्तिमा ४-५ बर्ष जति लाग्ने अनुमान छ तर यो सडक बन्नुभन्दा पहिले दुर्घटना नियन्त्रणको बिकल्प र सडक बिस्तार सुरुवात के हुन सक्छ त ? भन्ने बिषय चाँसोजनक रहेको छ ।
अन्तमाः- लम्किचुहा क्षेत्रभित्र पर्ने सडकमा दुर्घटनाहरु बढदो मात्रामा रहेका कारण बिकल्प अपनाउनुपर्ने समय आएको छ ।जस्तो प्रायः लम्कीचुहामा सडकको वरीपरी समथर ठाउँ रहेको र कुनै ठाउँमा मात्र खाल्डाखुल्डी रहेका कारण ति खाल्डा खुल्डी पुरी बजार क्षेत्र भित्र तथा सडक निकट मान्छेहरुले राखेका सामानहरु हटाउन लगाएर कम्तिमा सडकको कालोपत्रे भाग देखि ८/८ मिटर समथर बनाईदिदा पछि सडक बनाउँदा खर्च पनि कम हुने र तत्कालको लागि दुर्घटना एकदमै नियन्त्रण हुन सक्छन् र मेयर शुसिला शाहीले यो कार्य थालनी गरे अन्यत्र पालिकाहरुमा पर्ने सडकक्षेत्र पनि सोही अनुरुप सम्बन्धित पालिकाप्रमुखहरु देखेर पनि थालना गर्नसके पुर्वपश्चिम राजमार्गमा दुर्घटना एकदमै नियन्त्रण हुन सक्छन् भन्ने कुरामा बिश्वस्त भई म नव निर्वाचित मेयर श्री शुसिला शाही ज्युलाई यो बिषयमा सोच्न र आवश्यक परे हामी युवाहरु सहयोग गर्न पछि नहट्ने भन्दै ध्यानाकर्षण गराउन चाहन्छु ।