Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

बस र माइक्रोबस एकापसमा ठोक्किँदा सात जनाको मृत्यु

User Photo
शनिबार, असार ७, २०८२
चितवन ।

पूर्व- पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका- ४ भण्डारा नजिक खहरे पुलमा शनिबार बिहान सवा १० बजे बस र माइक्रोबस (ईभी गाडी) एकापसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको हो । घाइतेहरूको भरतपुरका विभिन्न चारवटा अस्पतालमा उपचार भइरहेको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए ।

धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस ठोक्किँदा दुवै सवारी साधनमा सवार करिब १४/१५ जना घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको चितवन प्रहरीले जनाएको छ ।

# दुर्घटना # मृत्यु # सवारी दुर्घटना

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.