Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

बस र माइक्रोबस एकापसमा ठोक्किँदा सात जनाको मृत्यु

User Photo शनिबार, असार ७, २०८२
चितवन ।

पूर्व- पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका- ४ भण्डारा नजिक खहरे पुलमा शनिबार बिहान सवा १० बजे बस र माइक्रोबस (ईभी गाडी) एकापसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको हो । घाइतेहरूको भरतपुरका विभिन्न चारवटा अस्पतालमा उपचार भइरहेको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए ।

धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस ठोक्किँदा दुवै सवारी साधनमा सवार करिब १४/१५ जना घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको चितवन प्रहरीले जनाएको छ ।

# दुर्घटना # मृत्यु # सवारी दुर्घटना

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.