काठमाडौं। आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेका छन् ।
आइतबार राती अपहरणकारीले निशानको परिवारलाई सम्पर्क गर्दै सुरुमा २ करोड रुपैयाँ फिरौती माग गरेको परिवारिक श्रोतले बताएको छ । तर आफूहरुसँग २ करोड रुपैयाँ केही गरे पनि नहुने बताएपछि अपहरणकारीले अन्तिममा ४० लाख रुपैयाँमा बार्गेनिङ गरेका हुन् ।
मनहरी खोला नजिकैको काँडाघारीमा डेरा गरी बस्दै आएकी सिन्धुपाल्चोककी चमेली खड्काका छोरा हुन् निशान खड्का । निशानका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन् ।
निशानलाई सकुशल उद्धार गर्न महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाइरहेको छ ।
यतिबेला भक्तपुरका सबै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अहिले घटनास्थल तथा आसपासको क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरितको खोजी जारी राखिएको छ ।
निशानको परिवार सामान्य निम्न मध्यम वर्गका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द