Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

बालक अपहरणकारी तामाङद्वयको प्रहरी इन्काउन्टरमा मृत्यु

User Photo
सोमवार, साउन २१, २०७५

भक्तपुर।आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । दुई अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।


advertisement

उनीहरु भक्तपुरको सूर्य नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका थिए ।

बालक निशानको भने मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

हत्यापछि भागेर जंगलमा पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि जवाफी फायरिङ भएको थियो ।

प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.