Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल, हत्यापछी शव पुरेर अाफ्नै काेठामा सुतेका थिए अपहरणकारी

User Photo
मङ्लबार, साउन २२, २०७५

आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।

अपहरणकारी दुबै जनाकाे प्रहरीकाे र्इन्काउन्टरमा मृत्यु भयाे । अपहरित बालक मान्छेकाे बस्ती भएकै क्षेत्रमा मृत भेटिए भने अपहरणकारी बालककाे हत्या गरेर काेठामा गएर सुते । यति हुदा सम्म पनि प्रहरी सुर्इकाे पाएन, त्यही पनि काठमाण्डाैमा ।

घटना विवरण अनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् ।

किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् ।

त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् ।

यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ ।

प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.