काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काँडाघारीका बालक निशान खड्काको हत्यामा कसको दोष हो भनी सरकारलाई प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै उनले बालकको हत्या हुनुमा अपहरणकारीको मात्रै दोष हो वा सरकारी संयन्त्रकै दोष हो भनी प्रश्न गरेका हुन् ।
‘बालकको हत्या हुनुमा कसको दोष हो ? जसले मारेको हो उसको दोष त हुँदै हो । अपराधकर्ममा लागेकाहरुको अतिरिक्त रेस्क्यु गर्न नसक्ने सरकारको दोष हो कि होइन ?’ उनले भने ।
प्रहरीका पूर्व उच्च अधिकृतहरुले नै समयमा बालकको उद्दार गर्न नसक्नुमा सरकारी संयन्त्रकै दोष रहेको बताएको भन्दै उनले समयमा प्रहरीले सुझबुझले काम गरेको भए बालकको हत्या नहुनेतर्फ ख्याल नगरिएको पनि बताए ।
यो घटनामा अपहरणकारीको इन्काउन्टर भनिए पनि नियन्त्रणमा लिएर हत्या गरेको समाचारहरु आइरहेको भन्दै अधिकारीले यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । ‘यो घटनामा अर्को पाटो पनि छ । मानव अधिकारको अत्यन्तै दुखद पाटो ।
दुई जना मारेको भनिएका व्यक्तिहरुलाई सबैको आँखा अगाडि, छिमेकीको आँखा अगाडि पक्राउ गरेर लगेको देखिछ । नियन्त्रणमा लिएको देखिन्छ । पछि मारिएको छ र इन्काउन्टर भनिएको छ । यी सबै घटनाले हामी कता जाँदैछौं ? हामी एउटा दक्षिण पूर्वी एसियाली मुलुकजस्तै बन्न खोजेको हो ? यस किसिमको छुट दिएको हो ?’
उनले यी सबै विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
सांसद अधिकारीले कञ्चनपुरमा किशोरीको बलात्कारपछि हत्या भएको भनिएको घटनामा पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
‘कञ्चनपुरको जे जस्तो घटना भएको छ, त्यसमा सरकारको दृष्टिकोण के हो जानकारी हुनुपर्छ कि पर्दैन ? यत्रो दिन भइसक्यो यहाँ आएर गृहमन्त्रीबाट हामीले अपेक्षा गरेका छौं । त्यो हामीले पूरा गरेको देखेनौं’ उनले भने ‘कञ्चनपुरका लागि सरकार छ कि छैन ?
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द